मानवअधिकार हननका अनेक रूप छन्, तीमध्येको गम्भीर रूपचाहिँ मानवलाई स्वतन्त्रतापूर्वक सोच्ने, सिर्जना गर्ने र छलफल गर्ने कुराबाट वञ्चित गराउनु नै हो। त्यसका लागि आवश्यक हुन्छ सत्य र तथ्यपरक सूचना, तर मन मस्तिष्कमा सामन्ती संस्कारले जरो गाडेका शक्ति सम्पन्नहरू सजिलै त्यस्तो सूचना आमजनतामा दिन चाहँदैनन्। किनकि उनीहरूले बुझेका छन्, सूचना शक्ति हो र आमजनताका हातमा त्यो शक्ति परेमा, प्रश्न उठ्न थाल्छ, जवाफ खोजिन थाल्छ र हरेका निर्णयका औचित्य प्रमाणित गर्नका लागि दबाब सिर्जना हुन थाल्छ, परिणामत शक्ति हातमा लिएर बसेकाहरूको कुर्सी डग्मगाउँछ। यो एउटा कारण हो, स्थानीय रेडियो र विशेषत सामुदायिक रेडियाप्रति देखिएको सरकारको अनुदारपनको।
हामीले सूचनाको एकतर्फी रूपमात्र देख्न पाएका छौं, धेरै अगाडिदेखि। केन्द्रबाट ढ्वाङ फुकिएका सूचना पाइरहेका छौं, रेडियो, टीभीमात्र होइन, केन्द्रबाट खटिआएका कर्मचारीदेखि विशेषज्ञ भनाउँदाहरूको मुखबाट। त्यसैले हाम्रो "विकास"पनि एकतर्फी भएको छ, केन्द्रमुखी भएको छ। तिनले कागले कान लग्योभन्दा हामी कागकै पछाडि दौडन बाध्य भएका छौं किनकि ती सूचनाको अवलम्बन गर्नुको विकल्प पनि थिएन, हामीसँग। हुँदो हो त, हामी प्रश्न गर्थ्यौ? विकल्प दिन्थ्यो। तर सत्तासीनहरूलाई न त विकल्प मन पर्छ न त प्रश्न। यो अर्को कारण हो, स्थानीय रेडियो र विशेषत सामुदायिक रेडियाप्रति सरकारी अनुदारपनको।
अहिले त सूचनाको बाढी नै छ, यत्रतत्र सूचना। तर कुन सूचना हाम्रा लागि ठीक र कुन गलत, छुट्टयाउने आधार छैन हामीसँग, किनकि सूचना केलाउने र विश्लेषण गर्ने ठाउँमा हामी र हामीजस्ता मानिस छैनन्। सूचना आउँछ र पत्याउन कर लाग्छ र त्यसमा अवलम्बन गर्न थाल्छौं। हामीले विश्लेषणबिना कार्यान्वयन गरेका विकास, प्रविधि, वातावरण आदि अनेकन सूचनाका कारण हामीले आफ्नोपन गुमाइसकेका छौं। सूचनाबाट नयाँ प्रविधि त आए, तर एकातिर विश्लेषण क्षमताका अभावमा हामीले तिनलाई पूरा ग्रहण गर्न सकेनौं भने अर्कातिर हामीले हाम्रो आफ्नो प्रविधि परित्याग गरिसक्यौं। फलत प्रविधिको कुहिरोमा हराएका कागझै भएका छौ आज हामी। सूचना विश्लेषणमा हाम्रो र हामीजस्ताको पहुँच हुँदो हो त हामी आज सक्षम हुन्थौं, स्वावलम्बी हुन्थ्यौं। तर सक्षम र स्वावलम्बीहरू मन पर्दैन जस्तोसुकै शक्तिवालाहरूलाई। यो पनि अर्को कारण हो, स्थानीय रेडियो र विशेषत सामुदायिक रेडियाप्रति सरकारी अनुदारपनको। यस्ता अनेकन कारण छन्, समुदायलाई सूचनाको पहुँचको सहज र सरलमाध्यम सामुदायिक रेडियो हासिल गर्न नदिने। त्यसबाहेक सञ्चारमाध्यमहरूबाट प्रसारित विषयवस्तु अल्पसंख्याक चतुर, व्यापारी तथा सत्तासीनहरूको स्वार्थ, नियन्त्रण र निगाहमा सदैव निर्भर राखिन्छ। त्यसबाट सूचना तथा सांस्कृतिक विषयवस्तुको प्रवाहमा भयानक असन्तुलन सिर्जना गरिन्छ। हामी आमजनतासँग विषयवस्तुमाथि अन्तरक्रिया नगरेर हामीमाथि सूचना थोपर्ने कार्यहरूमात्र हुन्छ।
तर अरुले रोक्दैमा रोकिन्छौं र हामी। कुलिन र सम्भ्रान्त भनिनेहरूको कब्जाबाट सूचनाको शक्ति खोस्ने अभियान सुरु भइसकेको छ, सामुदायिक रेडियोको माध्यमबाट। अबको चुनौती त यो आन्दोलनलाई गाउँ–गाउँ अनि समुदायमा पुर्याउने हो र सत्य –तथ्य सूचनाको विश्लेषणयुक्त ग्रहण गरी हामीले आफूलाई शक्तिशाली बनाउँदै लाने हो। आउँ, समुदायलाई सूचनाको अधिकार प्रत्याभूत गर्ने यो अभियानको सशक्तीकरणका लागि अग्रिम शुभकामना। जेठ २०६१ हाकाहाकी
Subscribe to:
Post Comments (Atom)
जलवायु परिवर्तन रोक्न नेपाली कदम
राजेश घिमिरे जलवायु परिवर्तनका कारण अहिले पृथ्वी तात्तिँदो अवस्थामा छ र त्यसैका कारण नेपालको उत्तरी भू–भागको हिउँ पग्लिरहेको छ। जलवायु ...
-
Sanduk Ruit is the third Nepali to receive the Magsaysay award. He was recognised for his outstanding work at “placing Nepal in the forefron...
-
The Bankariyas, a forest-dweller community of central Nepal, have been uprooted from their traditional habitat and are living like refugees ...
-
On New Year s Day 2006, King Gyanendra of Nepal quietly issued an ordinance that many environmentalists fear could prove a major setback to ...
No comments:
Post a Comment